यस संस्थाको मिति २०८२/०७/२९ गते सम्पन्न ३० औ बार्षिक साधारण सभामा प्रस्तुत प्रस्ताब तथा निर्णयहरु प्रमाणिकरण कार्यक्रम मिति २०८२/०८/०२
मिति परिवर्तन
सल्यान जिल्लाकाे शारदा नगरपालिका वडा नं ४ साहुटाेल मूख्य सडक खण्डकाे गणेश मन्दिर नजिकै अवस्थित छ ।
सल्यान जिल्लाकाे वनगाड कुपिण्डे नगरपालिका वडा नं.८ स्थित याे ताल सल्यान सदरमुकाम खलंगा देखि करिव १० किलाेमिटर पश्चिममा रहेकाे छ ।
यस संस्थाको मिति २०८२/०७/२९ गते सम्पन्न ३० औ बार्षिक साधारण सभामा प्रस्तुत प्रस्ताब तथा निर्णयहरु प्रमाणिकरण कार्यक्रम मिति २०८२/०८/०२
जागृत वचत तथा ऋण सहकारी संस्था शारदा न.पा.
४ साहुटोलको ३० औं वार्षिक साधारण सभा मिति २०८२ कार्तिक २९ गते सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष श्री ज्ञान प्रकाश शर्माको
अध्यक्षता, यस संस्थाका निवर्तमान अध्यक्ष श्री किशोर कुमार हमालको प्रमुख आतिथ्यता
तथा संस्थाका संचालक समितिका पदाधिकारी तथा सदस्यहरु, लेखा समितिका
पदाधिकारी सदस्यहरु, अन्य उप समितिका संयोजक एवं सदस्यहरु र शेयर सदस्यहरुको उपस्थितिमा
कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा आ.व. ०८१/०८२ को वार्षिक प्रगति
प्रतिवेदन तथा आगामी आ.व. का लागि प्रस्तावित योजनाहरु सहितको प्रतिवेदन संस्थाका
सचिव कल्पना सेजवालले प्रस्तुत गर्नुभयो भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष
प्रविण कुमार भण्डारीले प्रस्तुत गर्नु भएको थियो । लेखा सुपरिवेक्षण समितिको
तर्फवाट लेखा संयोजक हेम राज थापाले प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
सस्थाका नियमित कार्यक्रम अन्तर्गत एस.ई.ई. २०८१ मा उत्कृष्ट जि.पि.ए. प्राप्त
गर्ने निजि विद्यालय तर्फवाट यस संस्थाका वाल सदस्यता नं १३३ का छात्र अनिश डाँगी
(ज्योतिपुञ्ज एकेडेमी शा.न.पा. ४ सल्यान) वाल स.नं. २ का छात्रा अप्रिशा के.सी. (ज्योतिपुञ्ज
एकेडेमी शा.न.पा. ४ ) र सामुदायिक
विद्यालय तर्फवाट वाल स.नं. ३१४ का छात्रा
ममता यरी (त्रिभुवन जन मा.वि. लुहापिङ सल्यान) लाई सम्मान गरियो ।
संस्थाले संचालन गरेको सुमित्रा जागृत
स्मृति छात्रवृत्ति अर्न्तगत महेन्द्र रत्न मा.वि शारदा न.पा ४ पिपलनेटा सल्यानमा
कक्षा ८ मा उत्कृष्ट जिपिए प्राप्त गर्ने छात्र उज्ज्वल थापालाई उक्त छात्रवृत्ति
वापत नगद रु.११,५००।– अक्षेरेपी एघार हजार पाँच सय मात्र) सहित प्रमाणपत्र प्रदान गरियो ।
विगतका वर्षहरु झै यस वर्ष पनि संस्थाका
ज्येष्ठ नागरिक शेयर सदस्यतर्फ उमेर ज्येष्ठताका आधारमा पुरुष तर्फ शेयर सदस्यता
नं. ७७३ का सदस्य शारदा न.पा. ३ वडाखोला निवासी देवराज आचार्य र महिला तर्फ शेयर
सदस्यता नं.५१७ का सदस्य शारदा न.पा. १० मधाना निवासी मइसरी थापालाई सम्मान गरिएको
छ । त्यसैगरी सदस्यता वृद्धि तर्फ संचालक समितिको तर्फवाट सचिव कल्पना सेजवाल, विभिन्न उपसमिति वाट
महिला सशक्तिकरण सदस्य रेमन्ता कुमारी वस्नेत र ऋण उपसमिति सदस्य भुवन भट्ट, कर्मचारीवाट कुमार
शर्मा,
हिरा भण्डारी र अनिता
थापा,
साधारण सदस्यवाट ओम
प्रकाश शर्मा र संगिता आचार्यलाई सम्मान गरियो । संचालक समिति सम्मान तर्फ संचालक
सदस्य गोमा रावत शर्मा, सल्लाहकार समिति तर्पm सल्लाहकार समिति सदस्य माधव सिंह ठकुरी र कर्मचारी
तर्फ व्यवस्थापक महेश राज रेग्मीलाई सम्मान गरियो ।
कार्यक्रममा संस्थाका संचालक समिति सदस्य
तप्त वहादुर सेजवालले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव कल्पना
सेजवालले गर्नुभएको थियो ।
मिति परिवर्तन